सबै भन्दा सुरुमा सम्पूर्ण साथीहरुलाई नमस्ते अनि स्वागत छ AngrejiSchool मा।
यहाँ माथि एउटा प्रश्न सोधिएको छ कि किन अंग्रेजी कुराकानी (English Conversation) सिक्न आवश्यक छ? भनेर। हुन त यो प्रश्नको उत्तर तपाइलाइ पनि थाहा छदै नै छ। तर पनि यहाँ मैले केहि फरक तरिकाले मेरो बुझाइलाइ यसको उत्तर स्वरुप राख्न चाहन्छु।
अंग्रेजी एउटा अन्तरास्ट्रिय भाषा हो जुन विश्वका धेरै देशहरुमा बोलिन्छ। प्रतिशतको नजरले हेर्ने हो भने :
✅ विश्वभरमा १३% बढी (लगभग १.५ विलियन वा डेढ अर्ब) जनताहरुले अंग्रेजी बोल्ने तथ्यांक रहेको छ।
✅ मातृ भाषाको रुपमा विश्वभरमा तथ्यांक अनुसार ४०० मिलियन अर्थात चालिस करोड जनताले बोल्छन्। यसको मतलब एक अर्ब भन्दा बढीले अंग्रेजी लाइ दोश्रो भाषा (विदेशी भाषा) को रुपमा प्रयोग गरिन्छ।
✅ विश्वका ७० भन्दा बढी देशहरुमा अंग्रेजी आधिकारिक भाषाको रुपमा प्रयोग हुदै आइरहेको छ।
अंग्रेजी भाषामा कुराकानी गर्नुको आवश्यकता तथा महत्व हेरौं :
✅Global Commnunication: अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हो, जुन धेरै देशहरूमा बोलिन्छ। अंग्रेजी कुराकानी सिक्दा विभिन्न पृष्ठभूमिका व्यक्तिहरूसँग यात्रा, काम वा सामाजिक कुराकानी गर्न सजिलो हुन्छ।
✅Career Opportunities: धेरै बहुराष्ट्रिय कम्पनीहरूले राम्रो अंग्रेजी बोल्ने कर्मचारीलाई प्राथमिकता दिन्छन्। राम्रो कुराकानी सीपले राम्रो जागिर, पदोन्नति, र करियरको वृद्धि हुने सम्भावना बढाउँछ।
✅Education and Learning: विश्वका शीर्ष विश्वविद्यालयहरू र शैक्षिक स्रोतहरू अंग्रेजीमा छन्। यदि तपाईं अंग्रेजी बोल्न र बुझ्न सक्नुहुन्छ भने, पुस्तकहरू, पाठ्यक्रमहरू, र अनुसन्धान पत्रहरू मार्फत धेरै ज्ञान प्राप्त गर्न सक्नुहुन्छ।
✅Travel Convenience: विभिन्न देशहरूमा यात्रा गर्दा, अंग्रेजी पर्यटकहरूको लागि सबैभन्दा साधारण भाषा हो। अंग्रेजी बोल्न जान्दा बाटो सोध्न, खाना अर्डर गर्न, र स्थानीयहरूसँग कुराकानी गर्न सजिलो हुन्छ।
✅Confidence in Social Interactions: अंग्रेजीमा कुराकानी गर्न सक्दा सामाजिक अवस्थामा आत्मविश्वास बढ्छ। नयाँ साथी बनाउन, कार्यक्रममा सहभागी हुन, वा छलफलहरूमा भाग लिन सजिलो हुन्छ, किनभने अंग्रेजीले तपाईंको विचार स्पष्ट रूपमा व्यक्त गर्न मद्दत गर्छ।
✅Access to Entertainment and Media: अधिकांश विश्वव्यापी मनोरञ्जन, जस्तै चलचित्र, संगीत, र अनलाइन सामग्रीहरू अंग्रेजीमा छन्। अंग्रेजी कुराकानी सिक्दा यी चीजहरूलाई उपशीर्षक वा अनुवाद बिना नै मज्जाले हेर्न सकिन्छ।
✅Improves Cognitive Skills: नयाँ भाषा सिक्नाले स्मरण शक्ति, समस्या समाधान गर्ने सीप, र बहुकार्य क्षमतामा सुधार ल्याउँछ। अंग्रेजी कुराकानी अभ्यासले तपाईंको दिमागलाई तेज बनाउँछ र तार्किक सोच्ने क्षमतालाई बढाउँछ।
Here's What You Will Learn
अंग्रेजी सिक्नु किन अतिनै महत्वपूर्ण छ भन्ने कुरा तपाईले माथि पढेर वा पहिला देखिने थाहा पाइसकेको हुनुपर्छ हैन त! त्यसो भए आउनुहोस् आज अंग्रेजी – नेपालीमा कुराकानी गर्न सिकौं। सजिलोका लागि तल विभिन्न प्रसंगहरुलाई आधार मानेर काल्पनिक कुराकानी तयारगरी प्रस्तुत गरिएका छौं, ध्यान पूर्वक पढेर फाइदा लिनुहोला है।
यहाँ तल Englhish-Nepali वार्तालापको सबैभन्दा पहिलो अंशको सुरुवात अभिवादन तथा छोटो कुराकानी बाट गरिएको छ। दुइ जना पात्रहरु राहुल र अन्जली विच छोटो मिठो conversation हुदैछ बुझ्ने कोसिस गर्नुहोला। अनि तपाइले पनि कोहि आफ्नो साथी या त परिवारको सदस्यसँग यस्तै खालको वार्तालाप गरी अंग्रेजी बोल्ने कोसिस गर्नुहोला। अवश्य पनि एकदिन अंग्रेजी बोल्न सक्नुहुनेछ।
1. Greetings & Small Talk (अभिवादन तथा छोटो कुराकानी)
Rahul: Hi, Anjali! How are you?
नमस्ते, अञ्जली! तपाइँलाई कस्तो छ?
Anjali: Hi, Rahul! I’m good, thanks. And you?
नमस्ते, राहुल! म राम्रो छु, धन्यवाद। अनि तपाइँ?
Rahul: I’m doing well too. It’s been a long time since we met!
म पनि ठीक छु। हामी धेरै दिनपछि भेटिरहेका छौँ!
Anjali: Yes! I was very busy with my studies.
हो! म पढाइमा धेरै व्यस्त थिएँ।
Rahul: Oh, I see! What are you studying these days?
ओहो, बुझें! तपाइँ अहिले के पढ्दै हुनुहुन्छ?
Anjali: I’m preparing for my English exam. It’s a bit difficult.
म मेरो अंग्रेजी परीक्षा तयारी गर्दैछु। यो अलि गाह्रो छ।
Rahul: Don’t worry! You are good at English. I’m sure you will do well.
चिन्ता नगर्नुहोस्! तपाइँको अंग्रेजी राम्रो छ। म निश्चित छु, तपाइँ राम्रो गर्नुहुन्छ।
Anjali: Thanks, Rahul! By the way, where are you going now?
धन्यवाद, राहुल! उसो भए, तपाइँ अहिले कहाँ जाँदै हुनुहुन्छ?
Rahul: I’m going to the library to borrow a book. Do you want to join me?
म पुस्तकालय जाँदैछु किताब लिन। तपाइँ पनि जान चाहनुहुन्छ?
Anjali: That’s a great idea! Let’s go together.
त्यो राम्रो विचार हो! सँगै जाऔं।
Englhish-Nepali वार्तालापको दोश्रो अंशमा तपाइलाई स्वागत छ। पहिलेको वार्तालाप जस्तै यहाँ दुइ जना विच कुराकानी हुदैछ जसमा अरुसंग कसरी मद्दत माग्ने भन्ने शिर्षक रहेको छ। आउनुहोस् तलको वार्तालाप बुझ्ने कोसिस गरौं।
2. Asking for Help
Rahul: Excuse me, Anjali. Can you help me for a minute?
सुन्नुहोस् त, अञ्जली। के तपाइँ मलाई एक मिनेट मद्दत गर्न सक्नुहुन्छ?
Anjali: Of course! What do you need help with?
अवश्य! तपाइँलाई के मद्दत चाहिएको छ?
Rahul: I need to complete my homework, but I don’t understand this question.
मलाई मेरो गृहकार्य पूरा गर्नुपर्छ, तर यो प्रश्न बुझ्न सकिरहेको छैन।
Anjali: Let me see… Oh, this is about past tense. Do you remember the rules?
म हेर्छु… ओहो, यो त भूतकालको बारेमा हो। तपाइँलाई नियमहरू याद छन्?
Rahul: A little bit, but I am confused about when to use ‘was’ and ‘were.’
थोरै थाहा छ, तर ‘was’ र ‘were’ कहिले प्रयोग गर्ने भन्नेमा अलमल छु।
Anjali: It’s simple! Use ‘was’ for singular subjects like ‘he’ and ‘she,’ and use ‘were’ for plural subjects like ‘they’ and ‘we.’
यो सजिलो छ! ‘Was’ एकवचनका लागि प्रयोग गरिन्छ, जस्तै ‘he’ र ‘she’। ‘Were’ बहुवचनका लागि प्रयोग गरिन्छ, जस्तै ‘they’ र ‘we’।
Rahul: Oh, I get it now! So, we say ‘He was happy’ but ‘They were happy,’ right?
ओहो, अब बुझें! त्यसोभए, हामी ‘He was happy’ तर ‘They were happy’ भन्छौं, हैन?
Anjali: Exactly! You got it!
बिल्कुल सही! तपाइँले बुझ्नु भयो!
Rahul: Thank you so much, Anjali. You explained it very well.
धेरै धन्यवाद, अञ्जली। तपाइँले धेरै राम्रोसँग बुझाउनु भयो।
Anjali: Anytime! Let me know if you need more help.
जुनै बेला! तपाइँलाई अरू सहयोग चाहियो भने भन्नुहोस्।
Englhish-Nepali वार्तालापको तेश्रो अंशमा तपाइलाई स्वागत छ। यहाँ तल उल्लेख गरिएको वार्तालाप अनुसार तपाइले आफ्नो शहर तथा गाउँको बारेमा कुरा गर्दै साथीलाई जानकारी गराउन सक्नुहुन्छ। यस कन्वर्सेसनमा कृष्ण र अन्जली बीच कुराकानी भए जस्तै तपाइले पनि कसै संग कुरा गर्ने प्रयास गर्नुहोस् है।
3. Talking About Your Village/City
Krishna: Anjali, where are you from?
अञ्जली, तपाइँ कहाँबाट हुनुहुन्छ?
Anjali: I am from Kathmandu. What about you?
म काठमाडौंबाट हुँ। अनि तपाइँ?
Krishna: I am from a small village near Itahari.
म इटहरी नजिकैको एउटा सानो गाउँबाट हुँ।
Anjali: That sounds nice! How is life in your village?
राम्रो! तपाइँको गाउँको जीवन कस्तो छ?
Krishna: It’s peaceful and beautiful. The air is fresh, and people are very friendly.
यो शान्त र सुन्दर छ। हावा सफा छ, र मानिसहरू धेरै मैत्री छन्।
Anjali: That’s wonderful! Are there schools and hospitals in your village?
त्यो धेरै राम्रो! के तपाइँको गाउँमा स्कूल र अस्पतालहरू छन्?
Krishna: Yes, but only small ones. For big hospitals and colleges, we have to go to the city.
छ, तर साना मात्र छन्। ठूला अस्पताल र कलेजका लागि, हामी शहर जानुपर्छ।
Anjali: Oh, I see. Do you like living there?
ओहो, बुझें। तपाइँलाई त्यहाँ बस्न मनपर्छ?
Krishna: Yes, I love it. But sometimes I wish there were more job opportunities.
हो, मलाई धेरै मनपर्छ। तर कहिलेकाहीँ, म चाहन्छु कि यहाँ बढी रोजगारीको अवसरहरू भए हुन्थ्यो।
Anjali: That makes sense. Kathmandu has more jobs but also more traffic and pollution.
त्यो त ठिकै हो। काठमाडौंमा धेरै जागिर छन्, तर धेरै जाम र प्रदूषण पनि छ।
Krishna: That’s true! Every place has its own advantages and disadvantages.
ठीक हो! प्रत्येक ठाउँका आफ्नै फाइदा र बेफाइदा छन्।
Anjali: Absolutely! Maybe I will visit your village one day.
बिल्कुल सही! सायद म एकदिन तपाइँको गाउँ घुम्न आउँछु।
Krishna: You should! You will love the natural beauty.
तपाइँ जानुपर्छ! तपाइँलाई प्राकृतिक सुन्दरता मन पर्नेछ।
साथीहरु आउनुहोस् सुरुवात गरौं चौथो वार्तालाप। तपाई कुनै पसल वा शपिंग मल किनमेल गर्न जादा पक्कै पनि पसल साहुसंग कुरा गर्नु भएकै होला। हो, यो चौथो Conversation मा तपाइले जान्नु हुनेछ किनमेल गर्दा कसरी कुरा गर्ने भनेर। दोकानदार र राहुल बीचको किनमेल गर्दाको कुराकानी हेरौं है त।
4. Shopping at a Store
Rahul: Excuse me, can you help me?
सुन्नुस् त्, के तपाइँ मलाई मद्दत गर्न सक्नुहुन्छ?
Shopkeeper: Sure! What are you looking for?
अवश्य! तपाइँ के खोज्दै हुनुहुन्छ?
Rahul: I need a new T-shirt. Do you have any in blue color?
मलाई नयाँ टी-शर्ट चाहिन्छ। के तपाइँसँग निलो रङको छ?
Shopkeeper: Yes, we have many. What size do you wear?
हो, हामीसँग धेरै छन्। तपाइँ कुन साइज लगाउनुहुन्छ?
Rahul: Medium. Can I see that one?
मध्यम (मिडियम)। के म त्यो हेर्न सक्छु?
Shopkeeper: Of course! Here it is. This one is cotton and very comfortable.
अवश्य! यहाँ छ। यो कटनको हो र धेरै आरामदायक छ।
Rahul: It looks nice! How much does it cost?
यो राम्रो देखिन्छ! यसको कति मूल्य छ?
Shopkeeper: It’s 800 rupees.
यो ८०० रूपैयाँ हो।
Rahul: Hmm… that’s a bit expensive. Can I get a discount?
हुम्म… त्यो अलि महँगो छ। के म छुट पाउन सक्छु?
Shopkeeper: Okay, I can give you a 10% discount.
हुन्छ, म तपाइँलाई १०% छुट दिन सक्छु।
Rahul: That sounds good! I’ll take it.
ठिक छ! म लिन्छु।
Shopkeeper: Great! Here’s your bill. Thank you for shopping!
राम्रो! यहाँ बिल लिनुहोस्। किनमेलको लागि धन्यवाद!
साथीहरु आउनुहोस् सुरुवात गरौं आजको पाचौं वार्तालाप। यस वार्तालापमा होटल वा रेस्टुराँमा खाने कुरा कसरि अर्डर गर्ने त्यसको बारेमा जान्नु हुनेछ। नेपालीमा त तपाइले कयौं पटक खाने कुरा अर्डर गर्नु भएकै होला। अब आउनुहोस् अंग्रेजीमा पनि अर्डर गर्न सिकौं।
5. Ordering Food at a Restaurant
Rahul: Hello! Can I see the menu, please?
नमस्ते! के म मेनु हेर्न सक्छु?
Waiter: Sure! Here you go. What would you like to order?
अवश्य! यहाँ लिनुहोस्। तपाइँ के अर्डर गर्न चाहनुहुन्छ?
Rahul: Hmm… I’ll have a plate of momo and a cold drink.
हुम्म… म एक प्लेट मोमो र एउटा चिसो पेय लिन्छु।
Waiter: Do you want steamed or fried momo?
तपाइँलाई बाफमा पकाएको मोमो चाहिन्छ कि फ्राई गरिएको?
Rahul: Steamed, please.
बाफमा पकाएको, कृपया।
Waiter: Okay! Anything else?
ठिक छ! अरु केही?
Rahul: No, that’s all. How long will it take?
छैन, बस् यति नै। कति समय लाग्छ?
Waiter: Around 15 minutes.
करिब १५ मिनेट।
Rahul: Alright! Thank you.
ठिक छ! धन्यवाद।
(After 15 minutes…)
Waiter: Here’s your food. Enjoy your meal!
यहाँ तपाइँको खाना। आनन्द लिनुहोस्!
Rahul: Thank you! The momo looks delicious!
धन्यवाद! मोमो स्वादिलो देखिन्छ!
आउनुहोस् English-Nepali Conversation को छैटौ अंशमा प्रवेश गरौं। यस भन्दा पहिलेको वार्तालाप जस्तै यहाँ मौसम सम्बन्धि कुराकानी गरिएको छ।
6. Talking About the Weather
Manisha: It’s such a beautiful day, isn’t it?
आजको दिन कति सुन्दर छ, हैन र?
Rahul: Yes, the sun is shining, and the sky is clear.
हो, घाम लागिरहेको छ, र आकाश सफा छ।
Manisha: I love this kind of weather. It’s not too hot and not too cold.
मलाई यस्तो मौसम मनपर्छ। न धेरै गर्मी, न धेरै जाडो।
Rahul: Yeah! Yesterday was so hot. I couldn’t even sleep properly.
हो नि! हिजो त धेरै गर्मी थियो। म त राम्रोसँग सुत्न पनि सकिन।
Manisha: Same here! Do you think it will rain today?
मलाई पनि त्यस्तै भयो! के तपाइँलाई लाग्छ आज पानी पर्छ?
Rahul: I don’t think so. The forecast says it will be sunny all day.
मलाई लाग्दैन। मौसम पूर्वानुमानले भन्यो कि आज दिनभरि घाम लाग्छ।
Manisha: That’s great! Maybe we can go for a walk in the evening.
त्यो त राम्रो कुरा हो! सायद बेलुका हामी घुम्न जान सक्छौं।
Rahul: That sounds like a plan! Let’s meet at 6 PM.
त्यो त राम्रो योजना हो! बेलुका ६ बजे भेटौं।
Manisha: Perfect! See you then.
एकदम ठीक! पछि भेटौं।
सातौं वार्तालापमा स्वागत छ। यो अंशमा दैनिक तालिकाको बारेमा कुराकानी गरिएको छ। विहान देखि बेलुकासम्मको दैनिकी लाइ यहाँ प्रस्तुत गरिए जस्तै तपाइले पनि यसै अनुसार व्यक्त गर्न सक्नुहुन्छ।
7. Talking About Daily Routine
Sagar: What does your daily routine look like, Rahul?
तपाइँको दैनिक दिनचर्या कस्तो छ, राहुल?
Rahul: Well, I wake up at 6 AM and do some exercise.
खैर, म बिहान ६ बजे उठ्छु र केही कसरत गर्छु।
Sagar: That’s good! Then what do you do?
त्यो राम्रो हो! त्यसपछि के गर्नुहुन्छ?
Rahul: After that, I take a shower and have breakfast.
त्यसपछि, म नुहाउँछु र बिहानको खाना खान्छु।
Sagar: What do you usually have for breakfast?
तपाइँ प्राय: बिहान के खानुहुन्छ?
Rahul: I usually eat bread and eggs with tea.
म प्रायः रोटी र अण्डा चिया सँग खान्छु।
Sagar: Nice! And then?
राम्रो! अनि त्यसपछि?
Rahul: Then I go to college. I have classes from 10 AM to 3 PM.
त्यसपछि म कलेज जान्छु। मेरो कक्षा बिहान १० बजे देखि ३ बजे सम्म हुन्छ।
Sagar: That’s a long day! What do you do in the evening?
त्यो त लामो दिन भयो! तपाइँ बेलुका के गर्नुहुन्छ?
Rahul: In the evening, I study for a while and then watch TV.
बेलुका, म केही समय अध्ययन गर्छु र त्यसपछि टिभी हेर्छु।
Sagar: That sounds like a productive day!
त्यो त फलदायी दिन जस्तो लाग्छ!
Rahul: Yes! And before sleeping, I read a book for 30 minutes.
हो! र सुत्नुभन्दा अघि, म ३० मिनेट किताब पढ्छु।
Sagar: That’s a great habit, Rahul! I should start reading too!
त्यो त धेरै राम्रो बानी हो, राहुल! म पनि पढ्न सुरु गर्नुपर्छ!
साथीहरु हामीले सात ओटा English-Nepali Conversation प्रास्तुत गरिसकेका छौं। अब आठौं कुराकानी तिर लागौं जुन बेस्ट फ़्राइन्डको बारेमा रहेको छ। यो वार्तालापमा जसरी अमन र नेहा बीच मिल्ने साथीको बारेमा बोलिएको छ त्यसै गरी तपाइ आफ्नो बेस्ट फ़्राइन्डको बारेमा वार्तालाप गर्न सक्नुहुनेछ।
8. Talking About Best Friend
Aman: Do you have a best friend?
तपाइँसँग सबैभन्दा मिल्ने साथी छ?
Neha: Yes! My best friend’s name is Riya. What about you?
छ! मेरो सबैभन्दा मिल्ने साथीको नाम रिया हो। तपाइँको बारेमा के?
Aman: My best friend is Arjun. We have been friends since childhood.
मेरो सबैभन्दा मिल्ने साथी अर्जुन हो। हामी बाल्यकालदेखि साथी हौँ।
Neha: That’s great! What do you like most about him?
त्यो त राम्रो कुरा हो! तपाइँलाई उनको कुन गुण सबैभन्दा मन पर्छ?
Aman: He is very kind and always helps others.
उ धेरै दयालु छ र सधैं अरूलाई मद्दत गर्छ।
Neha: Wow! Riya is also very caring. We always share our secrets.
वाह! रिया पनि धेरै माया गर्ने खालकी छ। हामी सधैं हाम्रा गोप्य कुराहरू बाँड्छौं।
Aman: That’s nice! What do you both do together?
राम्रो! तिमीहरू के गर्दै रमाइलो गर्छौ?
Neha: We go shopping, watch movies, and sometimes cook together.
हामी किनमेल जान्छौं, फिल्म हेर्छौं, कहिलेकाहीँ सँगै पकाउँछौं।
Aman: That sounds fun! A best friend makes life special.
त्यो त रमाइलो लाग्छ! सबैभन्दा मिल्ने साथीले जीवन विशेष बनाउँछ।
Neha: Yes! I can’t imagine life without Riya.
हो! म रियाबिना जीवन कल्पना गर्न सक्दिन।
यि माथिका Conversations तपाइलाइ कस्तो लाग्यो कृपया यो पेजको तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्न नभुल्नुहोला। साथै आगामी दिनमा हामीले तपाइलाइ कस्तो खालको अध्यन – सामग्रीहरु प्रस्तुत गर्दा राम्रो हुन्छ सल्लाह दिन सक्नुहुनेछ।
यहाँ Click गरेर Conversation को दोश्रो भागमा जान सक्नुहुनेछ।

